• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
'खानपान र आनीबानी परिवर्तन गरे न्यूनीकरण हुन्छ क्यान्सरको जोखिम’
64x64
रासस शनिबार, असोज १०, २०७७  १४:२५
1140x725

चितवन- विज्ञहरुले समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने बताएका छन्। खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिने उनीहरुको भनाइ छ। खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिने उनीहरुको सुझाव छ।

विश्वमा वर्षेनी एक करोड ४० लाख मानिसमा क्यान्सर देखिने गरेको तथ्याङ्क छ। विश्वमा एक वर्षमा ७६ लाखभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारण हुने जनाइएको छ। नेपालमा हरेक वर्ष एक लाखभन्दा बढी क्यान्सर हुने गरेको अनुमान गरिएको छ।

असी दशमलव नौ प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन्। नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बाशयको क्यान्सरका बिरामी धेरै हुने गरेका छन्।

कार्यकारी निर्देशक डा गौतम कतिपय क्यान्सरका रोगहरु आफैं परीक्षण गर्न सकिने बताउँछन्। 'आफैँले छामेर वा लक्षणहरु हेरेर क्यान्सर हो/होइन पत्ता लगाउन सकिन्छ,' उनले भने, 'शरीरमा गिर्खा, गाँठागुठी देखिनु, कोठी, मुसाको रङ बदलिनु वा आकार बढ्दै जानु, लामो समयसम्म खोकी निको नहुनु, खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु क्यान्सरका लक्षण हुन्। यस्तै खकारमा रगत देखापर्नु वा लामो समयसम्म खोकी निको नहुनु, लामो समयसम्म दिसामा गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु पनि क्यान्सरको लक्षण हुन्।'

महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाको पुनः रक्तश्राव हुनु वा महिनावारीको समयपछि रक्तश्राव हुनु, स्तनमा गाँठागुठी देखिनु, मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु क्यान्सरका लक्षण हुन्। यसैगरी छोटो समयमै शरीरको वजन घट्नु, रक्तअल्पता देखिनु, ज्वरो आइरहनु, नाक, मुख, शरीरका अन्य छिद्रहरुबाट रगत आउनु पनि क्यान्सरका लक्षण भएको निर्देश डा गौतमले जानकारी दिए। यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल आउन पनि उनले सुझाव दिए।

अस्पतालका अध्यक्ष डा लामिछाने मानिसले व्यक्तिगत सरसफाइ र खानपानमा विशेष ध्यान दिन सकेमा क्यान्सर रोगबाट बच्न सकिने बताए। उनका अनुसार चुरोट, बिडी, खैनी, सूर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन नगर्ने, बासी, सडेगलेको र ढुसी परेको खानाहरु नखाने, पोलेर डढेको मासु र अन्य खानेकुरा नखाने गर्दा पनि क्यान्सरबाट बच्न सकिन्छ।

यसैगरी अखाद्य रङ प्रयोग गरिएका खानेकुराहरु नखान, चिल्लो बोसोयुक्त खानेकुरा र धेरै नुन नखान, आफ्नो गुप्ताङ्ग सधैँ सफा राख्न, मौसमअनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खान उनले सुझाव दिए। महिलाले आफ्नो गर्भाशय श्राव परीक्षण प्रत्येक वर्ष गर्ने हो भने पनि क्यान्सरबाट बच्न सकिने उनको सुझाव छ।

यस्तै महिलाहरुले स्तनमा गिर्खा, गाँठागुठी पलाएको छ/छैन प्रत्येक महिना आफैले राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीको परामर्श लिने गर्न सके स्तन क्यान्सरबाट बच्न सकिने डा लामिछाने बताउँछन्। 

Ncell 2
Ncell 2

अस्पतालका पूर्व कार्यकारी निर्देशक डा आचार्य रोगका विषयमा जनचेतना जगाउन नसकिएको स्वीकार्छन्। 'सबैभन्दा पहिले क्यान्सरबारे सचेतना फैलाउनुपर्‍यो। जसले रोकथाम र नियन्त्रण गर्न सकिन्छ,' उनले भने। मानिसले समयमै थाहा पाएमा उपचारबाट निको हुन सक्ने भएकाले आम नागरिकसम्म यस रोगका बारेमा जनचेतना जगाउनुपर्ने उनको भनाइ छ। छिटो उपचार गर्न सकेमा निको हुने र खर्च कम लाग्ने उनले बताए।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा क्यान्सर समयमा नै पत्ता लगाएर उपचार गर्ने हो भने क्यान्सर पूर्णरूपमा निको हुने बताउँछन्। पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उनको भनाइ छ।

करिब एकतिहाइ क्यान्सर स्वच्छ खानपिन र आहार बिहारबाट रोक्न सकिने बताउँदै उनले भने, 'एकतिहाइ क्यान्सरको शुरुकै अवस्थामा उपचार गरेर निको पार्न सकिन्छ। बाँकी एकतिहाइ क्यान्सर रोग निको नहुने खालका हुन्छन्। त्यसलाई पनि विभिन्न खालका उपचारबाट बाँच्ने बेलासम्मका लागि जीवनोपयोगी बनाउन र मानवीय जीवन जिउन सक्ने बनाउन सकिन्छ।'

पछिल्लो अध्ययनअनुसार मानिसमा हुने क्यान्सर एक सयभन्दा बढी प्रकारका छन्। तर त्यसमध्ये केही क्यान्सर भने अत्यधिक मात्रामा मानिसमा हुने गरेको पाइन्छ। यो रोग मानव शरीरको कुनै पनि अङ्गमा हुन सक्दछ। 

जनशक्ति कम
नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ। हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन्। विदेशिने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टीकरण आवश्यक रहेको विज्ञहरुको भनाइ छ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछाने क्यान्सरका सबैजसो साधारण उपचार यहाँ गरिने भए पनि विशिष्टीकरण गर्न नसकिएको बताउँछन्। उनका अनुसार उच्च तहको प्रिसिसन रेडियो थेरापी गर्न सकिएको छैन। रोबटिक सर्जरी र बोनम्यारो प्रत्यारोपणजस्ता सेवा नेपालमा सहज उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) समेत रहेका उनी जनशक्ति उत्पादन सहज हुन नसक्दा समस्या भएको धारणा राख्छन्। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) बाहेक अन्यत्र क्यान्सरका विज्ञ जनशक्ति उत्पादन नभएको जनाउँदै उनले अस्पताललाई प्राज्ञिक थलो बनाउन सकिने धारणा राखे। यहाँ रहेका २२ जनाभन्दा बढी विज्ञ चिकित्सकलाई तालिम दिएर प्राध्यापकका रुपमा काम लिन सकिने जनाइएको छ। समयमै क्यान्सरका जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ। नर्सिङदेखि डिएमसम्मका क्यान्सरका जनशक्ति उत्पादन गर्न सकेमा उपचारमा सहज हुनेछ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्न सकिने बताउँछन्। 'प्रशस्त जनशक्ति उत्पादन गर्न सके गाउँगाउँमा क्यान्सर पहिचान गर्न सहज हुन्छ,' उनले भने। 

अस्पतालका पूर्वकार्यकारी निर्देशक डा विजयचन्द्र न्यौपाने अस्पतालमा नर्सिङको पढाइ शुरु भएको जनाउँदै थप शैक्षिक कार्यक्रम ल्याएर नेपालकै नमूना प्रतिष्ठान बनाउन सकिने बताउँछन्। यहाँ रहेको पर्याप्त भौतिक पूर्वाधारसँगै जनशक्तिले प्रतिष्ठान सञ्चालन गर्न समस्या नरहेको जनाइएको छ। नेपालका ५० प्रतिशत क्यान्सरका रोगीहरु उपचारका लागि विदेश जाने गरेका छन्।

२१ वर्षमा प्रवेश गर्‍यो क्यान्सर अस्पताल
भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल २० वर्ष पूरा गरी २१ वर्ष प्रवेश गरेको छ। चीनको सहयोगमा स्थापित यो अस्पतालमा हाल ४५० शय्या रहेका छन्। अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरी अस्पतालको वार्षिकोत्सव तथा सतर्कता दिवस मनाउँदैछ।

कोरोना सङ्क्रमणका कारण जुम प्रविधि मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा कार्यक्रम गरिँदैछ। यस अस्पतालको स्थापना दिवसलाई नै सरकारले क्यान्सर सतर्कता दिवसका रुपमा मनाउँदै आएको छ। अस्पतालमा गत आर्थिक वर्षमा चार हजार ८९४ नयाँ क्यान्सरका रोगीको उपचार गरिएको छ। अस्पतालको तथ्याङ्कअनुसार गत आवमा एक लाख ४५ हजार ७७६ जनाको बहिरङ्ग सेवामा उपचार गरिएको छ। जसमध्ये ३२ हजार ८३१ नयाँ हुन्। अस्पतालले तीन हजार ९३९ जनाको शल्यक्रिया गरेको जनाएको छ। 

अस्पतालले एक वर्षमा रक्तक्यान्सरका बिरामीलाई म्याक्स फाउन्डेसनबाट प्राप्त २० करोड १९ लाख रुपैयाँको औषधि निःशुल्क वितरण गरेको छ। यसैगरी विपन्नलाई १६ करोड र क्यान्सर सेवामार्फत रु ५२ लाखको औषधि वितरण गरिएको छ। ७० वर्षमाथिकालाई निःशुल्क सेवावापत रु १६ लाख ९६ हजार ३३५ र १५ वर्ष मुनिकालाई रु एक करोड ६७ लाख ४१ हजार ४९७ बराबरको उपचार निःशुल्क गरिएको छ। 

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला शनिबार, असार २८, २०८२
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : कराउनेहरू कराउँछन्, गठबन्धन चुनावसम्मै जान्छ शनिबार, असार २८, २०८२
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे शनिबार, असार २८, २०८२
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, असार २८, २०८२
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्