इलाम- पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण उडान हुने बताएका छन्। आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले सबै प्रक्रिया पुर्याएर १० दिनभित्र परीक्षण उडान गरिने बताए।
सुकिलुम्बामा ट्विनअटर विमान अवतरण तथा उडान हुने बताइएको छ।
एक दशकदेखि निर्माण थालिएको विमानस्थल सञ्चालन गर्न जिल्लावासीको चासो बढिरहेका बेला नेम्वाङले परीक्षण उडान गर्ने आश्वासन दिएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई उद्धृत गर्दै उनले भने, '१० दिनभित्र परीक्षण उडान हुन्छ, १५ दिनमा इलाम लिएर जान्छु भनेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।