काठमाडौं- नेपालमा हालसम्म २४ खर्ब ८२ अर्ब ७९ करोड रुपैयाँ बराबरको विदेशी उद्योग दर्ता भएका छन्। उद्योग विभागको तथ्यांक अनुसार हालसम्म वैदेशिक लगानीका ४ हजार ३ सय ५ वटा उद्योग नेपालमा दर्ता भएका छन्।
जसमध्ये २ सय ४ वटा ठूला उद्योग, ३ सय ९८ मझौला र ३ हजार ६ सय २३ साना उद्योग रहेको विभागले जनाएको छ। यी उद्योगमा २ लाख ३८ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ खर्ब ५३ अर्ब ३२ करोड रुपैयाँ बराबरका २ सय २६ विदेशी लगानीका उद्योग दर्ता भएका छन्। जसमध्ये १० ठूला, ५ मझौला र २ सय ११ साना उद्योग छन्।
नेपाली उद्योग ७ हजारभन्दा बढी
यसैगरी, उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपाली लगानीका ७ हजार ३ सय ६७ उद्योग दर्ता भएका छन्। जसमध्ये १ हजार ५ ठूला उद्योग छन्। त्यस्तै, १ हजार ६ सय २५ मझौला र ४ हजार ७ सय ३७ साना उद्योग छन्।
चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ७५ अर्ब ६१ करोड रुपैयाँ बराबरका ३ सय ३५ स्वदेशी लगानीका उद्योग दर्ता भएका छन्। जसमध्ये ५३ ठूला, ६१ मझौला र २ सय २१ साना उद्योग छन्।
उद्योग विभागका अनुसार गत आर्थिक वर्ष (२०७३/०७४) मा ५ सय ८ उद्योग दार्ता भएका थिए। जसमा ९७ ठूला, ८१ मझौला र ३ सय ३० साना उद्योग थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।