काठमाडौं– बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। यसदिन नेप्से परिसूचक ११ दशमलब ३७ अंकले बढेर १ हजार ३ सय ६० दशमलब ३८ को बिन्दूमा आइपुगेको छ।
बुधबार १ सय ५८ कम्पनीको ३८ करोड ६ लाख ८ हजार ६ सय ५३ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। बुधबार कारोबारमा आएको उत्पादन तथा प्रशोधन र फाइनान्स समूह बाहेकका अन्य समूहमा हरियाली छाएको छ। उत्पादन तथा प्रशोधन समूहमा २० दशमलब ११ अंक र फाइनान्स समूहमा २ दशमलब ९ अंकको गिरावट आएको छ।
बुधबार बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बिमा समूहको कमाई १ सय ७ दशमलब शून्य १ अंकले बढेको छ। त्यस्तै माइक्रोफाइनान्स समूहको ४६ दशमलब ३६ अंकले बढेको छ। जलविद्युत् समूहमा २६ दशमलब ८३ अंकको वृद्धि भएको छ।
बुधबार स्वदेशी लघुवित्तको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको २ करोड ७५ लाख ५० हजार ७९ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ४८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बुधबार मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ अर्थात् १० प्रतिशतले बढेको छ। स्वदेशी लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता १ सय ६१ रुपैयाँ कमाएका छन्।
यता सिन्धु विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।