काठमाडौं– हाम्रो विकास बैंकको ७ दशमलब ३ प्रतिशत बोनस सेयर पछिको मूल्य नेप्सेले समायोजन गरेको छ।
बैंकको समायोजनपछिको मूल्य नेप्सेले १ सय ४९ दशमलब ११ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य २ सय २५ दशमलब ५६ रुपैयाँ तोकेको छ।
हाल बैंकको चुक्ता पुँजी ४५ करोड ८७ लाख रुपैयाँ रहेको छ। उक्त प्रस्तावित बोनस सेयरपश्चात् ४९ करोड २१ लाख रुपैयाँ पुँजी पुग्नेछ।
बैंकले बोनस पारित गर्न बैसाख ३१ गते नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभाले ३ करोड ३४ लाख रुपैयाँ बराबरको बोनस पारित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।