काठमाडौं- नेपालीहरूले मनाउने सबैभन्दा ठूलो चाड हो दसैं। दसैंलाई पारिवारिक मिलनको पर्वका रूपमा पनि लिइन्छ। टाडा रहेका आफन्तसँगको भेटघाट, विदेशमा रहेका परिवारका सदस्यसँगको पुनर्मिलनले दसैंको रौनक अझ बढाएको छ।
कोरोना महामारीमा नेताहरूले पनि विभिन्न सुरक्षाका उपाय अपनाएर दसैं मनाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट टिका ग्रहण गरेका छन् भने अन्य नेताले पनि कसैले विशिष्ट व्यक्तित्वको हातबाट टिका ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भने पनि आमा र गुरूको हातबाट टिका ग्रहण गरेकी छन्। कोरोना महामारीका कारण टिका लगाउन आउने अन्यलाई भने उनले यसपाली टिका लगाइनन्।
यो समयमा प्रशासनिक क्षेत्र, शैक्षिक तथा अन्य संघसंस्थाले पनि लामो बिदा दिने गर्छन्। अन्य क्षेत्रमा जस्तै यो समय राजनीतिक वृत्तका लागि ‘शून्य समय’ हो। दसैंमा राजनीतिक गतिविधि खासै हुँदैन। नेता दैनिक के गर्छन् ? सबैलाई चासो हुन्छ। अझ विशेष पर्व दसैंमा के गर्लान् ? यसमा जनताको चासो अझ बढी हुन्छ। नेताले फरक–फरक शैलीले दसैं मनाउने योजना बनाएका छन्। केही नेता परिवारदेखि कार्यकर्तासम्मलाई टीका लगाउने कार्यक्रम बनाएर बसेका छन्। केही नेता दसैंमा टीका नलगाई परिवारसँगै बस्ने तयारीमा छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी‚ आमाको हातबाट टिका ग्रहण गर्दै।



वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भने मन्त्रिनिवासमा दसैँ मनाएका छन्।
परिवारसँग बस्नेत।
कांग्रेस नेता अर्जुननर सिंह केसीले निजी निवासमा दसैँ मनाएका छन्
कांग्रेस नेता रामचन्द्र पौडेलले परिवारसँगै दसैँ मनाएका छन्
कांग्रेस नेता गगन थापाले पनि निजी निवासमा परिवारसँगै दसैँ मनाएका छन्। उनी केही समयअघि मात्रै कोरोना संक्रमणमुक्त भएका थिए।नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।