गुुलरिया– बर्दियाको सदरमुकाम गुलरियामा पर्यटक लक्षित आश्रयस्थल धमाधम खुुल्दैछन्।
जिल्लाकै पर्यटकीय क्षेत्र ठाकुुरद्वारालगायत गन्तव्यलाई लक्ष्य गर्दै नयाँ आश्रयस्थल खुुल्ने क्रम बढेको हो। गुुलरिया नगरपालिका–७, हस्नापुुर कटीरोडमा करोडभन्दा माथिको लागतमा कृष्णसार पर्यटकीय आश्रयस्थल निर्माण भइरहेको छ भने गुुलरिया–५, सन्तोषी टोलमा लाखौँको लागतमा बबई प्यालेस सञ्चालनमा आउने तयारी छ।
सदरमुुकाम गुुलरिया आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै पर्यटक आरामगृह सञ्चालन गरिएको लोटस गार्डेन रिसोर्ट गुुलरियाका प्रबन्धक सुुधांशुुप्रकाश शर्माले बताए। उनले भने,‘पर्यटक सदरमुुकाम आइपुुग्दा कमसेकम थकान बिसाउने गरी रिसोर्ट सञ्चालन गरेका हौँ।’ एकल लगानीमा गुुलरियाकै केन्द्रमा खोलिएको आरामगृहले पर्यटकलाई सन्तुुष्ट पार्नेमा आफू आशावादी रहेको शर्माले बताए।
उनले थपे,‘अर्गानिक तथा स्वच्छ परिकारले पाहुुनालाई सन्तुुष्ट पार्ने गरी रिसोर्ट सञ्चालनमा ल्याएका हौँ। स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर सेवा दिने हाम्रो लक्ष्य छ। पर्यटकीय क्षेत्र ठाकुुरद्वारामा आउने पर्यटकलाई समेत गुुलरियामा पर्यटक आकर्षण गर्ने प्याकेजसहित हामी अघि बढेका हौँ।’ १ करोड २५ लाखको लागतमा बनेको पार्टी प्यालेस र एसीहलसहितको रिसोर्टमा २० जनाले रोजगारी पाएका छन्।
गेट कलेज अफ होटेल म्यानेजमेन्टका कार्यकारी अधिकृत खेमराज लकाईले भने,‘पश्चिम नेपाल पर्यटकीय गन्तव्य भएकाले होटल तथा रिसोर्ट व्यवसाय वृद्धि गर्न आवश्यक छ। बर्दियामा पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहेकाले जिल्लाभरी नै पर्यटकीय होटेल तथा रिसोर्ट सञ्चालन गर्नुु आवश्यक छ।’ लकाईले व्यावसायिक होटेलमा तालीमप्राप्त कामदार राख्न सके मात्र पर्यटकलाई सन्तुुष्टि दिलाउन सकिने तर्क गरे।
पश्चिम नेपालको होटेल व्यवसायलाई मद्दत गर्न नेपालगञ्जमा पनि होटल म्यानेजमेन्ट कलेज सञ्चालनमा ल्याइएको उनको भनाइ थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।