काठमाडौं- राष्ट्रिय स्तरका ११ विकास बैंकहरुले चालु आर्थिक वर्षको ९ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
यसै क्रममा टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकसँग मर्ज हुने अन्तिम चरणमा पुगेको छ भने एनआइडसी र राष्ट्रिय वाणिज्य बैंकको एकीकृत कारोबार सुरु भएको छ। त्यसैले उक्त बैंकहरुको विवरण यस तथ्यांकमा समावेश गरिएको छैन।
सार्वजनिक वित्तीय विवरण अनुसार ११ वटा राष्ट्रिय स्तरका विकास बैंकको वित्तीय अवस्था यस्तो छ—
आधाभन्दा बढी बैंकको चुक्ता पुँजी अझै पुगेन
राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी अझै आधाभन्दा बढी राष्ट्रियस्तरका विकास बैंकले पुर्याएका छैनन्। राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन'पर्ने व्यवस्था गरेकोमा हालसम्म ११ मध्ये ५ बैंकले पुर्याएका छन्। चुक्ता पुँजी पुर्याउनेमा गरिमा विकास बैंक, ज्योति विकास बैंक, कैलाश विकास बैंक, ओम डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंक रहेको छ।
कुन बैंकमा पुँजी कति?

कैलाश विकास बैंकबाहेक अन्यको ब्याज आम्दानी बढ्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कैलाश विकास बैंकबाहेक अन्य बैंकले खुद ब्याज आम्दानी बढाएका छन्। बैंकको खुद ब्याज आम्दानी ४ दशमलव ३६ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक खुद ब्याज आम्दानी ५७ दशमलब ७७ प्रतिशतले बढेको छ।
कुन बैंकको खुद ब्याज आम्दानी कति?

लुम्बिनी विकासको खुद नाफा घट्यो, अरु बैंकको बढ्यो
चालु आर्थिक वर्षको ९ महिनामा ११ मध्ये १० राष्ट्रिय स्तरका विकास बैंकले खुद मुनाफा बढाएका छन्। खुद मुनाफा घटाउनेमा लुम्बिनी विकास बैंक रहेको छ। बैंकको मुनाफामा १६ दशमलव ४२ प्रतिशतले गिरावट आएको छ।
खुद मुनाफाको आधारमा कुन बैंक अगाडि?

सबै बैंकको प्रतिसेयर आम्दानी घट्यो
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबै बैंकको प्रतिसेयर आम्दानी घटेको छ। सबैभन्दा धेरै गण्डकी विकास बैंकको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ। बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९५ रुपैयाँले घटेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।