काठमाडौं- नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) बाँडफाँट भएको छ। लघुवित्तको सेयर गोलाप्रथाबाट १६ हजार ७ सय ४० जना आवेदकलाई १० कित्ताका दरले परेको छ।
संस्थाको आइपिओमा २ लाख ५ हजार ३ सय ८६ जनाको आवेदन परेकोमा ५ सय ४८ जनाको आवेदन रद्द भएको थियो। सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट भएको हो।
संस्थाले वैशाख १२ गतेदेखि वैशाख १६ सम्म १ लाख ८० हजार कित्ता आइपिओ निष्काषन तथा बिक्री खुल्ला गरेको थियो। प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ६७ हजार कित्ता सेयर सर्वसधारणका लागि निष्काषन गरेको थियो। संस्थाले निष्काषन गरेकोमध्ये ३ हजार ६ सय कित्ता कर्मचारी र ९ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।
आइपिओ जारीपछि संस्थापक सेयरधनीको अनुपात ७० प्रतिशत अर्थात् ४ करोड २० लाख रुपैयाँ र सर्वसाधारण सेयर धनीको ३० प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँ कायम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।