काठमाडौं- श्री इन्भेिस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले लगानीकर्तालाई बोनस सेयर दिने भएको छ। कम्पनीको वैशाख २१ मा बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २६ दशमलब ५७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।
कम्पनीले ८३ प्रतिशत हकप्रद सेयर वितरणपछि हुन आउने ६३ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजीको १६ करोड ७९ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो।
कम्पनीले प्रस्ताव गरेको बोनस सेयर लगानीकर्ताले भने कम्पनीको आगामी साधारणसभा र राष्ट्र बैंकले पारित गरेपछि मात्रै पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।