काठमाडौं- साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ। नेप्से परिसूचकमा १२ दशमलब ५१ अंकको गिरावट आएर १ हजार ३ सय ५३ दशमलब ६४ अंकको विन्दुमा आइपुगेको छ।
आइतबार १ सय ६० कम्पनीको ३६ करोड १६ लाख ९६ हजार ७ सय ६३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि अघिल्लो साताको अन्तिम कारोबारको दिन बिहीबार ७७ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएका थिए।
आइतबार फाइनान्स समूह बाहेकका अन्य समूहमा गिरावट आएको छ। फाइनान्स समूहमा शून्य दशमलब शून्य ६ अंकको गिरावट आएको छ। बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो समूहमा ६८ दशमलब ३२ अंकको गिरावट आएको छ। त्यस्तै, होटल समूह ३१ दशमलब शून्य ७ अंकले घटेको छ।
आइतबार नेपाल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको २ करोड ३ लाख ६४ हजार १ सय ५८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको १ करोड ८९ लाख ४० हजार ३ सय १७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आइतबार एभरेष्ट बैंकको संस्थापक लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बैंकको संस्थापक सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ अर्थात् ७ दशमलब ७६ अंकले बढेको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँले बढेको छ।
यता, सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। बैंकको सेयर मूलय प्रतिकित्ता १२ रुपैयाँ अर्थात् ६ दशमलब २५ प्रतिशतले घटेको छ। त्यस्तै, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ७४ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।