रत्ननगर, चितवन- हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा २० करोड रुपैयाँभन्दा बढीको केराखेती सखाप भएको छ।
चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ। पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ।
पन्तको १८ बिगाहामा लगाएको केराखेती पूरै नष्ट भएको छ। उहाँले क्षतिको विवरण संकलन भइरहेको बताए। कालिका– २ र ३ मा तथा भरतपुरको ठिमुरामा पनि केराखेती नष्ट भएको छ।
'नयाँ लगाएको बिरुवाबाहेक अरु फलेका केरा सबै ढलेर नष्ट भएको छ', उनले भने। यसअघि पनि पटक-पटक केरा व्यवसायीले ठूलो क्षति व्यहोरेका थिए। अधिकांशले केराखेतीको बिमा नगर्दा ठूलो नोक्सानी भएको छ।
चितवनमा केराखेतीमा ६ सयभन्दा बढी किसान संलग्न छन्। उनीहरुमध्ये १ सय ६५ किसानले मात्रै बिमा गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।