काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा राजावादीहरूले प्रदर्शन गरेका छन्। सोमबार दिउँसो राजसंस्था पुनर्स्थापनाको माग गर्दै माइतीघरलगायतका स्थानमा राजावादीले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले राजसंस्था र हिन्दू राष्ट्र कायम गर्नुपर्ने भन्दै नाराजुलुस गरेका थिए। उनीहरूले पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा राजसंस्थाको समर्थनमा प्रदर्शनहरू गर्दै आएका छन्।
यसअघि पोखरा‚ धनुषा, सिराहा, सप्तरी, रौतहट, पर्सालगायतका जिल्लामा प्रदर्शन भएको थियो।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।