काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार तथा सूचीकरण नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।
बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले धितोपत्र कारोबार तथा सूचीकरण सम्बन्धी नियमावली स्वीकृतिका लागि आज बोर्डमा पठाएको बताए।
आर्थिक वर्ष २०७४/०७५ को नौ महिनाको कार्य प्रगति सार्वजनिक गर्दै अध्यक्ष कार्कीले राज्यको संघीय संरचना अनुसार बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्न अध्ययन थालिएको बताए।
बोर्डले नौ महिनाको अवधिमा चार धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कारबाही गरेको छ। बोर्डले सूचीकृत जलविद्युत् कम्पनीको नक्कली सेयर कारोबार सम्बन्धमा सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार अग्रवाल सेक्युरिटिज र श्रीहरि सेक्युरिटिजलाई कारबाही गरेको हो।
त्यस्तै, ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखेकोमा सिप्रवी सेक्युरिटिज र व्यवसायिक आचरण पालना नगरेको भन्दै प्रज्ञान सेक्युरिटिजलाई कारबाही गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।