काठमाडौं- संघीय सरकार निर्माण भएसँगै देशको बजेट ३ खर्बदेखि ५ खर्बसम्म अतिरिक्त बढ्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को लागि पूर्व बजेटकालीन कार्यक्रममा बोल्दै गभर्नर डा चिरञ्जीवी नेपालले मुलुक संघीय प्रणालीमा गएकाले तीन तहको सरकार सञ्चालन गर्दा आगामी बजेट वार्षिक ३ खर्बदेखि ५ खर्बसम्म बढ्ने बताए।
उनले भने, ‘केन्द्र, सात प्रदेश र ७ सय ४४ स्थानीय तह गरी ७ सय ५२ वटा सरकार देशमा हुने भएकाले खर्च व्यापकरुपमा बढ्नेछ।’
गभर्नर नेपालले ७ सय ५२ वटा सरकार, उसका कर्मचारीहरुले काम गर्ने भएकाले प्रशासनिक खर्च निकै बढ्ने बताए।
उक्त संघीय सरकार सञ्चालनका लागि बढ्ने अतिरिक्त बजेट सरकारले करबाट १ खर्ब, विश्व बैंकबाट १ खर्ब, दातृ निकायको ऋण लगायतबाट असुल्न सकिने उनले बताए।
गर्भनर नेपालले देशको बजेट १५ खर्ब बराबरको हुने अनुमान गरेका छन्। १५ खर्बको बजेटका लागि स्रोत जुटाउन भने निकै मुस्किल रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।