काठमाडौं- बैसाख २६ र २७ राजधानीको भृकुटीमण्डपमा पुँजी बजारसम्बन्धी प्रदर्शनी हुने भएको छ।
नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसर पारेर देशमै पहिलो पटक पुँजी बजार एक्स्पो हुन लागेको बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले बताए।
दुई दिनसम्म चल्ने प्रदर्शनीमा पुँजी बजार सम्बन्धी कम्पनी एवं संस्थाहरुको १ सय ६० वटा स्टल रहने बोर्डले जनाएको छ। प्रदर्शनीमा मर्चेन्ट बैंकर, सेयर ब्रोकर, म्युचुअल फण्ड, क्रेडिट रेटिङ कम्पनी, नेपाल धितोपत्र बोर्ड लगायतका स्टल रहने बोर्डले जनाएको छ।
बोर्ड अध्यक्ष डा कार्कीले बोर्डको स्थापना भएको २६ वर्षमा पहिलो पटक क्यापिटल मार्केट एक्स्पोको आयोजना गर्न लागिएको बताए।
प्रदर्शनीका क्रममा पुँजी बजारबारे हालसम्म प्रकाशन भएका विविध अध्ययन सामग्रीको निःशुल्क वितरण, पुँजी बजारका विज्ञहरुको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन र सहभागीहरुका जिज्ञासाहरुको सम्बोधन समेत गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।