काठमाडौं– सिद्धार्थ इन्स्योरेन्सले लगानीकर्तालाई ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि जेठ १ गते मंगलबार सेयरधनी पुस्तिका बन्द (बुक क्लोज) हुने नेप्सेले जनाएको छ। तसर्थ बैसाख ३१ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले १ सयको ३५ बराबर हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले २० प्रतिशत बोनस सेयरपछिको कायम ६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजीको ३५ प्रतिशत अर्थात् २२ लाख ४४ हजार ९ सय ७३ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।