काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी रणनीतिबारे श्वेतपत्र जारी भएको छ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको श्वेतपत्रमा ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’लाई प्राथमिकतामा राखेका छन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री पुनले हरेक प्रदेशमा कम्तिमा एउटा ठूलो जलविद्युत/सौर्य आयोजनाको निर्माण सुरु गरिने जानकारी दिए।
मन्त्री पुनले प्रदेश सरकार एवं स्थानीय तहको समेत सेयर रहने गरी हरेक प्रदेशबाट कम्तिमा एउटा मझौला क्षमताको अकर्षक जलविद्युत् क्षमताको अकर्षक जलविद्युत् अयोजना निर्माण कर्य अगाडि बढाइने बताए।

प्रदेश अनुसार निर्माण हुने अयोजना
प्रदेश १ : तमोर जलाशय (७६२ मेगावाट), दुधकोशी जलाशय (८०० मेगावाट) र अपर अरुण पिकिङ रन अफ द रिभर (७२५ मेगावाट), किमाथाङ्का अरुण पिकिङ रन अफ द रिभर (४५) मेगावाट), अरुण–४ पिकिङ रन अफ द रिभर (३७२ मेगावाट), तल्लो अरुण पिकिङ रन अफ द रिभर (६७९ मेगावाट)।
प्रदेश २ : कम्तिमा २०० मेगावाटको सौर्य विद्युत आयोजना निर्माण।
प्रदेश ३ : सुनकोशी २ र ३ जलाशयुक्त (१११० मेगावाट र ५३६ मेगावाट), तामाकोशी–५ पिकिङ रन अफ द रिभर (१०१ मेगावाट), खिम्ती शिवालय जलाशयुक्त (५०० मेगावाट), कोखाजोर जलाशययुक्त आयोजना (१११ मेगावाट)।
प्रदेश ४ : बुढीगण्डकी जलाशययुक्त (१२०० मेगावाट), अपर सेती जलाशययुक्त (१४० मेगावाट), उत्तरगंगा जलाशययुक्त (८२८ मेगावाट), आँधीखोला जलाशययुक्त (१८० मेगावाट) आयोजना।
प्रदेश ५ : नौमुरे जलाशययुक्त (२४५ मेगावाट), काली गण्डकी २ जलाशयुक्त (८७० मेगावाट), माडी जलाशयुक्त आयोजना (२५३ मेगावाट) र अपर झिम्रुक जलाशययुक्त आयोजना (१०० मेगावाट)।
कर्णाली प्रदेश : नलगाड जलाशययुक्त (४१० मेगावाट) र फुकोट कर्णाली पिकिङ रन अफ द रिभर (४२६ मेगावाट), जगदुल्ला पिकिङ रन अफ द रिभर (१०० मेगावाट) छन्।
प्रदेश ७ : पश्चिम सेती जलाशययुक्त (७५० मेगावाट) र एसआर–६ जलविद्युत आयोजना (२७६ मेगावाट) र चैनपुर सेती पिकिङ रन अफ द रिभर (२१० मेगावाट) रहेका छन्।
यस्तो छ ऊर्जा मन्त्रालयले जारी गरेको श्वेतपत्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।