काठमाडौं- नेप्सेमा एकैदिन तीन कम्पनीको ३५ लाख ८ हजार १०६ कित्ता सेयर सूचीकृत भएका छन्।
बुधबार सेयर सूचीकृत हुने कम्पनीमा काबेली विकास बैंक, कन्काई विकास बैंक र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी छन्।
बुधबार काबेली विकास बैंकको ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। त्यस्तै, कन्काई विकास बैंकको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २८ लाख ६७ हजार २ सय २५ दशमलब ६२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।