काठमाडौं- बुधबार नेप्से परिसूचकमा ४ दशमलब ८७ अंकको गिरावट आएको छ। यस दिन परिसूचक १ हजार ३ सय ५६ दशमलब १५ अंकको विन्दुमा पुगेको छ।
बुधबार कारोबारमा आएका अन्य समूह बाहेक सबै समूहमा गिरावट आएको छ। अन्य समूह शून्य दशमलब शून्य ९ अंकको वृद्धि भएको छ। सर्वाधिक गुमाउनेमा बिमा समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। बिमा समूहमा १८ दशमलब ६९ अंकको गिरावट आएको छ। त्यस्तै, होटल समूहमा १२ दशमलब शून्य १ अंकको गिरावट आएको छ।
बुधबार १ सय ६० कम्पनीको ३४ करोड ७ लाख ३४ हजार ३ सय ८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार भएको छ। कम्पनीको २ करोड १४ लाख ५० हजार ९ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एनएमबी बैंकको १ करोड ६६ लाख ३ सय ६२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बुधबार समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ३१ रुपैयाँ अर्थात् ३ दशमलब ९१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर प्रतिकित्ता १६ रुपैयाँले बढेको छ।
यता, गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन्। बैंकको सेयर प्रतिकित्ता १० रुपैयाँ अर्थात् ६ दशमलब ८४ प्रतिशतले घटेको छ। त्यस्तै, बरुण हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता ६ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।