काठमाडौं– नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत काम गरेको भन्दै सामुदायिक लघुवित्त वित्तीय संस्थाका तत्कालीन सिइओ स्वयम्भुराज जोशीलाई कारबाही गरेको छ। राष्ट्र बैंकले जोशीलाई कारबाहीस्वरुप ५ लाख रुपैयाँ जरिवाना गरिएको हो।
आदेश पालना नगरेको, निर्णय कार्यान्वयनमा बाधा पुर्याएको, संस्थाले असुल उपर गर्नुपर्ने रकम फिर्ता गर्न सञ्चालक समितिको निर्णय पालना नगरेको आरोपमा सिइओ जोशीलाई कारबाही गरेको नियामक निकाय राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले पहिलो पटक उनलाई आफूले ५ लाख जरिवाना तिर्नुनपर्ने कारणसहित २०७४ पुस २० गते १५ दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो। दोस्रो पटक फागुन २८ गते सफाइका लागि जवाफ पेश गर्न समय दिएको थियो।
उक्त समयमा उनको जवाफ चित्तबुझ्दो नआएकाले राष्ट्र बैंक ऐन (दोस्रो संशोधन, २०७३ सहित) को दफा १०० को उपदफा (२)(ग) मा भएको व्यवस्था बमोजिम कारबाही गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।