काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको नेकपाका नेता कार्यकर्ताहरू बिहानैदेखि सडकमा उत्रिएका छन्। प्रचण्ड-माधव समूहको नेकपाले बिहीबार गरेको आमहड्तालमा चोक चोकमा नेता तथा कार्यकर्ताहरू जम्मा भएर नाराबाजी गरेका छन्।
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट आन्दोलनकारीलाई पक्राउ गरेको छ। कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जमल-रत्नपार्क-बागबजार क्षेत्रमा पनि बिहानैदेखि कार्यकर्ताहरू नाराबाजी गरिरहेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहको केन्द्रीय संघर्ष समितिले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको हो।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।