काठमाडौं- रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गरेको हो।
कम्पनीले जारी गरेको आइपिओमा जेठ ३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ।
कम्पनीले जारी गर्न लागेको आइपिओमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो।
कम्पनीको आइपिओमा न्यूनतम ५० देखि अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयवासीलाई ५ लाख ६० हजार कित्ता आइपिओ बिक्री गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।