बर्मा- म्यानमारमा सैन्य ‘कू’विरूद्ध हजारौंको संख्यामा नागरिकले प्रदर्शन गरेका छन्। गत सोमबार सेनाले गएको निर्वाचनमा धाँधली भएको भन्दै सत्ता आफ्नो हातमा लिएपछि नागरिकहरू सडकमा उत्रेका छन्।
नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकीको रिहाइको माग गरेका छन्। केही दिनयता देशका दर्जनौं शहरहरूमा प्रदर्शन भइरहेको पत्रकार दिपक भट्टराईले ट्विटरमार्फत् जानकारी दिए।
‘जुलुसमा सहभागी हुनेको संख्या बढ्दै गइरहेको छ। अस्तिभन्दा हिजो ठूलो थियो र हिजोभन्दा आज झन् ठूलो छ। आज अहिलेसम्म ठूला झडपको खबर छैन। राजधानीमा प्रदर्शनकारीमाथि पानीको फोहरा हानिएछ‚’ उनले ट्विटरमा लेखेका छन्।
राजधानी न्यापितामा प्रहरीले आन्दोलन दबाउन पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेको थियो।






सबै तस्बिर : एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।