काठमाडौं- सरकारले चालु आर्थिक वर्षको नौ महिनामा १ खर्ब १७ अर्ब २९ करोड ३४ लाख ९६ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ।
गत वर्ष नौ महिनाको अवधिमा सरकारले ८७ अर्ब ३८ करोड ९२ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको थियो। यस्तै, गत आर्थिक वर्षमा सरकारले १ खर्ब २२ अर्ब ५८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार पेट्रोलियम पदार्थको आयात ३४ दशमलब २ प्रतिशतले बढेको छ। पेट्रोलियम पदार्थको माग बढेसँगै आयात बढेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार, आयातीत पेट्रोलियम पदार्थमा ९९ प्रतिशतभन्दा बढी हिस्सा भारतको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।