काठमाडौं- डाक्टर रमेश सिंह भण्डारीको गीत निलो आकाश सार्वजनिक भएको छ। एनिमेसनसहितको लिरिकल भिडियो भण्डारीले सार्वजनिक गरेका हुन्।
पेसाले चिकित्सक रहेका त्रिवि शिक्षण अस्पताल महाराजगंजका लिभर ट्रान्सप्लान्ट सर्जन, प्रा डा भण्डारीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगंजका लिभर ट्रान्सप्लान्ट सर्जन, प्रा डा रमेश सिंह भण्डारीनिलो आकाश गीतमा भण्डारीकै लेखन रहेको छ। उनकै संगीत र स्वरमा रहेको गीतको एनिमेसन लिरिकल भडियो भने फुर्वा गुरुङले तयार पारेका हुन्।
गीतको संगीत संयोजन भने निरज डङ्गोलले गरेका छन्। गीतमा प्रेमलाई प्रमुख विषयवस्तु बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।