भोजपुर– भोजपुरको एक स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ।
एनआइसी एसिया बैंकले भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बैकुण्ठेमा शाखा विस्तार गरेको हो। गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै सर्वसाधारणलाई घर आगनमै वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा प्रबन्धक चन्दन कटुवालले जानकारी दिए।
स्थानीय तह निर्माणपश्चात् पहिलो पटक गाउँपालिकाको केन्द्रमा बैंक भित्रिएपछि यहाँका स्थानीय निकै हर्षित भएका छन्। ९ स्थानीय तह रहेको भोजपुरमा केही समयमा नै सबै क्षेत्रमा बैंकको पहुँच पुग्ने बताइएको छ।
बैंकले एक आर्थिक वर्षमा गाउँपालिकाको करीब २३ करोड रुपैयाँ बजेट कारोबार गर्नेछ। त्यसैगरी, बैंकले विभिन्न किसिमका खाता सञ्चालन, एटिएम कार्ड, मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।