काठमाडौं– चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सरकारले ८ खर्ब ७४ अर्ब रुपैयाँको सामान आयात गरेको छ। कुल आयात गत वर्षको तुलनामा २० दशमलब ४ प्रतिशतले बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ।
चैत मसान्तसम्ममा भारतबाट मात्रै ५ खर्ब ७६ अर्ब रुपैयाँको सामान आयात भएको छ। यो गत वर्षको यही अवधिको भन्दा २१ दशमलब ६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष भारतबाट ४ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको सामान भित्र्याइएको थियो।
भारतले कुल आयातको ६५ दशमलब ८५ प्रतिशत हिस्सा ओगटेको छ। त्यस्तै, अर्को छिमेकी मुलुक चीनबाट १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ। यो कुल आयातको १३ दशमलब ०२ प्रतिशत हो।
चालु आर्थिक वर्षको ९ महिनामा ८ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको सामान आयात हुँदा नेपालबाट भने ५९ अर्ब रुपैयाँको सामान मात्र निर्यात भएको छ।
९ महिनामा कुन देशबाट कति रुपैयाँको सामान आयात?

यता नेपालले सामान निर्यात गर्ने देशमा पनि भारत अगाडि रहेको छ। नेपालले भारतलाई चालु आर्थिक वर्षको नौ महिनामा ३४ अर्ब १७ करोड रुपैयाँको सामान निर्यात गरेको छ। जुन कुल निर्यातको ५७ दशमलब ३१ प्रतिशत हिस्सा हो। नेपालले अघिल्लो वर्षको नौ महिनाको अवधिमा ३२ अर्ब १२ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो।
चैत मसान्तसम्ममा नेपालबाट ५९ अर्ब ६२ करोड रुपैयाँ निर्यात भएको छ। गत वर्ष नौ महिनासम्म ५५ अर्ब ५० करोड रुपैयाँ बराबरको सामान निर्यात गरिएको थियो।
नौ महिनामा नेपालबाट निर्यातको अवस्थाः

* स्रोत: व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।