काठमाडौं- चालु आर्थिक वर्षको नौ महिनामा नेपालले ३ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको अलैंची निर्यात गरेको छ।
परिमाणको आधारमा उक्त अवधिमा ४२ लाख १४ हजार केजी अलैंची निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार, अघिल्लो वर्ष यही अवधिमा नेपालले ३ अर्ब ८ करोड रुपैयाँ बराबरको २६ लाख केजी अलैंची बेचेको थियो।
अलैंचीको निर्यात अघिल्लो वर्षको तुलनामा २५ दशमलब ८ प्रतिशतले बढेको छ।
अलैंची निर्यात गरिने प्रमुख देश भारत रहे पनि निकासीमा पटक-पटक समस्या आउने गरेको छ। अलैंची खेतीका लागि उर्वर भूमि मानिने इलाम, तेह्रथुम लगायतका जिल्लाका किसानलाई निर्यातमा भारतले प्रतिबन्ध लगाउँदा समस्या आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।