काठमाडौं– साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा सामान्य अंकको वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक १ दशमलब ६४ अंकले बढेर १ हजार ३ सय ३९ दशमलब ६५ अंकको बिन्दूमा पुगेको छ।
बिहीबार १ सय ५४ कम्पनीको २८ करोड ५४ लाख ५५ हजार १ सय ४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि बुधबार २२ करोड २० लाख ५१ हजार ७ सय ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
यसदिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १५ दशमलब ९६ अंकको गिरावट आएको छ। त्यस्तै, ट्रेडिङ् समूह ४ दशमलब ९८ अंकले घटेको छ। लघुवित्त समूहमा ४ दशमलब ०२ अंकको गिरावट आएको छ। बिमा समूह सर्वाधिक २८ दशमलब ७२ अंकले बढेको छ। त्यस्तै जलविद्युत् समूहमा ४ दशमलब ७९ अंकको वृद्धि भएको छ।
आज वोमी माइक्रोफाइनान्सको सेयरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २ लाख १३ लाख ७२ हजार ५ सय ४३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल बैंकको ९७ लाख ३४ हजार ६ सय ५० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कन्काई विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ८ रुपैयाँ अर्थात् ५ दशमलब ९७ प्रतिशतले बढेको छ। त्यस्तै समता माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ अर्थात् ४ दशमलब ९६ प्रतिशतले बढेको छ।
यता मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँ अर्थात् ४ दशमलब ७६ अंकले घटेको छ। त्यस्तै राधी हाइड्रोपावरको सेयर मूल्य ५ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।