काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ। छापावाला सुन तोलामा ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावल सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजावी सुन पनि प्रतितोला १०० रुपैयाँले घटेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य स्थिर रहेर प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।