काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरीकी डलरको खरिद दर १ सय ८ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ९ रुपैयाँ १७ पैसा तोकेको छ। मंगलबार एक अमेरीकी डलरको खरिददर १ सय ८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ३० पैसा रहेको थियो।
यस्तै, राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १ सय २८ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ९० पैसा तोकेको छ।
जापानी १० येनको खरिद दर ९ रुपैयाँ ७९ पैसा र बिक्री दर ९ रुपैयाँ ८४ पैसा तोकेको छ। मलेसियन एक रिङ्गेटको खरिद दर २७ रुपैयाँ ३७ पैसा र बिक्री दर २७ रुपैयाँ ५२ पैसा तथा कुवेती एक दिनारको खरिद दर ३ सय ५९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३ सय ६१ रुपैयाँ ३२ छ।
बुधबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दरः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।