काठमाडौं- प्रधानमन्त्री लगायत मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सरकार गठन भएको ९८औं दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। २२ सदस्यीय मन्त्रिपरिषद्मा १८ मन्त्रीहरुको मात्रै सम्पत्ति विवरण बुझाएका छन्।
भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बैंक खातामा ४२ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ। एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ। जुन रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ।
सार्वजनिक विवरण अनुसार सबैभन्दा धेरै अर्थमन्त्री डा युवराज खतिवडाको खाताका निक्षेप संकलन रहेको छ। उनको खातामा २ करोड २५ लाख रुपैयाँ रहेको छ। यता खानेपानीमन्त्री बिना मगरले हालसम्म खातामा कुनै रकम जम्मा नभएको उल्लेख गरेकी छिन्।
सार्वजनिक वित्तीय विवरण अनुसार कुन मन्त्रीको बैंक खातामा कति रकम?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।