काठमाडौं- साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकमा १४ दशमलब ६१ प्रतिशतले गिरावट आएको छ। बिहीबार परिसूचक १ हजार ३ सय ७ दशमलब ६६ को बिन्दुमा आइपुगेको छ।
बिहीबार १ सय ६५ कम्पनीको ३४ करोड ५९ लाख १४ हजार ५ सय ५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबारमा आएको ट्रेडिङ समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। ट्रेडिङ समूह २ दशमलब २९ अंकले बढेको छ।
सर्वाधिक गुमाउनेमा बिमा समूह अन्तर्गतका लगानीकर्ताहरु छन्। यो समूहमा १ सय १५ दशमलब ७२ अंकको गिरावट आएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा २५ दशमलब २ अंक, होटल समूहमा २२ दशमलब ३१ अंकको गिरावट आएको छ।
बिहीबार नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको २ करोड ८२ लाख ४३ हजार २ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल बैंकको २ करोड ४३ लाख ६५ हजार ३ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य २२ रुपैयाँ अर्थात् २ दशमलब शून्य ६ अंकले बढेको छ। त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेको छ।
यता गुमाउनेमा मेगा बैंक अन्तर्गतका लगानीकर्ता छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँले घटेको छ। त्यस्तै, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ९२ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।