काठमाडौं– शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले नै घटेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने आज स्थिर छ। शुक्रबार तोलामा ७ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।