काठमाडौं- यस साता नेप्से परिसूचकसँगै सेयर कारोबार रकममा सुधार आएको छ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव २५ अंकले बढेर अन्तिम दिन १ हजार ३०७ दशमलव ६६ अंकमा पुगेको छ।
त्यस्तै यस साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ। २ अर्ब ८ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरका ४७ लाख ४४ हजार ८ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन्।
कारोबार रकम गत साताको भन्दा ८ दशमलव ५६ प्रतिशत बढी हो। गत साता १८३ कम्पनीहरुको कारोबार एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरका ४१ लाख ३७ हजार ४ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए।
यस साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। बैंकको ७ करोड ५४ लाख ९० हजार रुपैयाँ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
समूहगत परिसूचकहरुको उतारचढाव :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।