काठमाडौं- एनएमबी बैंकको थप सार्वजनिक निष्काशन (एफपिओ) आउने निश्चित भएको छ। नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै एफपिओ आउने निश्चित भएको हो।
बैंकले ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ बराबरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन अनुमति पाएको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँ (फेस भ्यालु) मा २ सय ३३ रुपैयाँ ‘प्रिमियम’ थप गरी ३ सय ३३ रुपैयाँका दरले निष्काशन अनुमति पाएको छ।
बैंकले एफपिओ निष्काशनका तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। उक्त परिणाममा एफपिओ जारीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।