काठमाडाैं- प्रतिभाभन्दा धेरै विवादले चर्चा कमाएकी मोडल गरिमा शर्माको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। 'मायाले संसार चल्दैन पैसा नभए' बोलको गीत सार्वजनिक भएको हो।
कहिले प्रेस पासको दुरुपयोग त कहिले टिकटकमा खेलेको खेलका कारण विवादमा तानिएकी मोडल गरिमासँग नायक पुष्प खड्का र प्रथम क्षेत्रीले अभिनय गरेका छन्। भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन्।
उत्सव दाहालको छायांकन, साइलेन लम्सालको भिडियो सम्पादन रहेको गीत डिजिटल नेस्टको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
उक्त गीत टीआर गौडेलले लेखेका हुन्। स्वर भर्ने काम पनि उनैले गरेका छन्। गीतको संगीत बाबु गिरीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।