काठमाडाैं- आजभन्दा २० वर्षअघि सार्वजनिक भएको चर्चित गीत ‘तिम्रो मन बदलिएछ, मलाई हेर्ने तिम्रो नजर बदलिएछ’ गीतको नयाँ भर्सन बनेको छ।
निर्माण टोलीले गीतको टिजर सार्वजनिक गरे पनि पूरा गीत हेर्न शुक्रबारसम्म कुर्नुपर्नेछ।
पुरानो गीतमा एस कुमार र सपना श्रीको आवाज थियो भने नयाँ गीतमा सपनाको ठाउँ मिलन नेवारले लिएकी छन्। एस कुमारको शब्द र संगीत रहेको गीतले २० वर्षअघि सबैको मनमा ठाउँ ओेगट्न सफल भएको थियो।
नयाँ भर्सनको टिजरमा सागर लम्साल बले र टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ। टिजर हेर्दा, उस्तै अनुहार भएका दिदीबहिनी हुँदा कसरी 'मिस अन्डरस्ट्याण्डिङ' सिर्जना भयो र प्रेम टुट्न पुग्यो भन्ने कथा देखिन्छ। बले इन्टरटेनमेन्टको युट्युब च्यानलमा टिजर सार्वजनिक गरिएको छ।
भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।