काठमाडौं- आज भन्दा २० वर्षअघि चर्चामा रहेको गीत, 'तिम्रो मन बदलिएछ'को रिमेक भर्जन सार्वजनिक भएको छ । चर्चामा रहेको पुरानो गीतहरुको रिमेक गर्दा 'ओरिजिनल' को जस्तो मिठास र भावना हराएको श्रोता, दर्शकले गुनासो गरेका छन्।
पुरानो गीतमा एस कुमार र सपना श्रीको आवाज थियो भने नयाँ गीतमा सपनाको ठाउँ मिलन नेवारले लिएकी छन्। एस कुमारको शब्द र संगीत रहेको गीतले २० वर्षअघि सबैको मनमा ठाउँ ओेगट्न सफल भएको थियो।
सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल 'बले' र टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ।
अरुको कुरा सुन्दा र त्यसलाई पत्याउँदा माया गर्ने मान्छेमा कसरी शंका उत्पन्न हुन्छ र त्यसले सम्बन्ध खराब बनाउन सक्छ भन्ने कथा म्युजिक भिडियोले देखाउन खोजेको छ। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।