काठमाडौं– सुनको मूल्य पछिल्लो केही दिनदेखि निरन्तर रुपमा ओरालो लागेको छ। साताको पहिलो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको छ। अघिल्लो साताको आन्तिम कारोबारको दिन छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले घटेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।
आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।