पोखरा– सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई पोखरा लेखनाथ महानगरपालिकाले तीव्रता दिएको छ। विभिन्न चरणमा महानगरले भत्ता वितरण गरेको महानगरका पञ्जीकरण तथा सामाजिक सुरक्षा अधिकृत भेषराज आचार्यले जानकारी दिए।
पोखरा महानगरपालिकाले महानगर भित्रका ज्येष्ठ नागरिक, एकल महिला तथा अपांग, अशक्तलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। त्यसमध्ये जेष्ठ नागरिकलाई महानगरले १० प्रतिशत थप गरेर भत्ता वितरण गरिरहेको छ। ‘जनप्रतिनिधिज्यूले बृद्ध भत्तामा २ सय रुपैयाँ थप्ने घोषणा गर्नु भएकोले त्यही अनुसार नै वितरण गर्दै आइरहेका छौं।,’ पञ्जीकरण तथा सामाजिक सुरक्षा अधिकृत भेषराज आचार्यले भने।
महानगर बनेपछि हालसम्म सामाजिक सुरक्षा भत्तामा ३० करोड ९६ लाख ९२ हजार २ सय रुपैयाँ खर्च गरिसकिएको बताइएको छ। यो चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्मको खर्च हो। त्यसमध्ये बृद्ध भत्तामा २ सय रुपैयाँ थप्ने निर्णयअनुरुप थप रकममा मात्रै अहिलेसम्म २ करोड ४७ लाख ५३ हजार ८ सय रुपैयाँ खर्च भइसकेको महानगरका लेखा अधिकृत चन्द्रकान्त पौडेलले बताए।
पोखरा महानगरपालिकाले १५ हजार ३ सय ५८ जनालाई जेष्ठ नागरिक भत्ता वितरण गरेको छ। ‘त्यस अन्तर्गत २ हजार १ सय ५९ दलित छन्।,’ पञ्जीकरण तथा सामाजिक सुरक्षा अधिकृत आचार्यले भने। आचार्यका अनुसार पहिलो चौमासिकभित्र ६२ लाख ३२ हजार रुपैयाँ बराबरको रकम बृद्धभत्ताका लागि खर्च भएको छ।
‘मंसिरदेखिको लगत विवरण प्रत्येक वडाबाट आउन बाँकी छ,’ उनले भने।
पहिलो चौमासिकमा कुन वडाका कति जनाले बृद्धभत्ता लिए ?
वडा नम्बर १ – ३ सय १० जना | वडा नम्बर १७ – ५ सय ११ जना |
वडा नम्बर २ – १ सय ७७ जना | वडा नम्बर १८ – ४ सय ४९ जना |
वडा नम्बर ३ – २ सय ४ जना | वडा नम्बर १९ – ६ सय २३ जना |
वडा नम्बर ४ – १ सय ४४ जना | वडा नम्बर २० – ४ सय ५१ जना |
वडा नम्बर ५ – २ सय जना | वडा नम्बर २१ – ९ सय ३२ जना |
वडा नम्बर ६ – २ सय ३३ जना | वडा नम्बर २२ – ६ सय ६२ जना |
वडा नम्बर ७ – २ सय ८४ जना | वडा नम्बर २३ – ५ सय ९२ जना |
वडा नम्बर ८ – ३ सय ६७ जना | वडा नम्बर २४ – ५ सय ३१ जना |
वडा नम्बर ९ – २ सय ९७ जना | वडा नम्बर २५ – ६ सय ३७ जना |
वडा नम्बर १० – ४ सय ५९ जना | वडा नम्बर २६ – ५ सय ५८ जना |
वडा नम्बर ११ – ३ सय ६५ जना | वडा नम्बर २७ – ४ सय ३५ जना |
वडा नम्बर १२ – ३ सय ९३ जना | वडा नम्बर २८ – ४ सय ९१ जना |
वडा नम्बर १३ – ७ सय ७४ जना | वडा नम्बर २९ – ३ सय ८९ जना |
वडा नम्बर १४ – ३ सय ६४ जना | वडा नम्बर ३० – ४ सय २३ जना |
वडा नम्बर १५ – ३ सय ८६ जना | वडा नम्बर ३१ – ५ सय २ जना |
वडा नम्बर १६ – १ हजार ६ जना | वडा नम्बर ३२ – ३ सय ५९ जना |
| वडा नम्बर ३३ – ७ सय ८७ जना |
पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्ताअन्तर्गत भने महानगरले १६ करोड २४ लाख ९६ हजार रुपैयाँ खर्च गरेको थियो। ‘हामीले बृद्धभत्तासँगै अपांग, एकल महिला, विधवा, लोपोन्मुख र दलितलाई भत्ता दिएका थियौं।,’ लेखा अधिकृत पौडेलले भने।
पहिलो चौमासिकमा लोपोन्मुख जातीको भत्ता लिने ६ जना छन्। ५ वर्ष मुनिका दलित बालबालिका २ हजार ४ सय ९१ जना, विधवा ५ हजार ७ सय ३३ छन् भने एकल महिला ९ सय ६९ रहेका महानगरले जनाएको छ।
दोस्रो चौमासिकका लागि सबै वडामा रकम निकासा भइसकेको र सोही मुताविक भत्ता वितरण पनि गरिएको छ। सबै वडाबाट भत्त्ता वितरणसम्बन्धी आर्थिक विवरण महानगरलाई प्रपप्त भएको तर तथ्यगत विवरण आउन बाँकी रहेको पञ्जीकरण तथा सामाजिक सुरक्षा अधिकृत आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।