काठमाडौं– गायिका इन्दिरा जोशी र नायक दिलीप रायमाझीको अभिनय रहेको म्यूजिक भिडियो 'जिम्माल बाको छोरो' सार्वजनिक भएको छ।
'नेपालकी साकिरा'को उपनामले समेत चिनिएकी गायिका इन्दिरा जोशीले पछिल्लो समय अभिनयमा रुची देखाइरहेकी छन्। उनको यो रुचीलाई दर्शकले मन पनि पराएका छन्।
दिलीप र इन्दिरालाई मोडलहरु गीता ढुङ्गाना र कमल सिंहले साथ दिएका छन्। म्यूजिक भिडियोलाई गोल्डेन हार्ट पिक्चर्सको सहकार्यमा ठूलोपर्दा टिभीले सार्वजनिक गरेको हो। म्यूजिक भिडियो प्रमोद भण्डारीले छायांकन गरेका हुन् भने सुब्रत आचर्यले यसको निर्देशन गरेका छन्।
म्यूजिक भिडियो बनेको गीतलाई भने गायक तथा अभिनेता प्रकाश सपुतले लेखेका हुन्। भीम बहादुर श्रेष्ठले २०३७ सालमा भरेको संगीत यो गीतमा प्रयोग गरिएको छ।
गीतलाई म्यूजिक भिडियोमा अभिनय गरेकी गायिका इन्दिराले नै गायकी छन् भने पुरुष स्वरमा रमेश बाबुले साथ दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।