काठमाडौं- नव गायिका संगीता शिवाकोटीको प्रश्तुति एवं स्वर रहेको “मै घुमें फनफनी” बोलको तीज गीत सार्बजनिक भएको छ।
तिलक बस्नेतको शब्द, संगीत र स्वरमा साथ रहेको र चर्चित एरेन्जर सुदीप सागरको एरेन्ज रहेको सो गीतमा बरिष्ठ नृत्य निर्देशक शिव बि.क.को निर्देशन रहेको छ।
गीतमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका वर्षा शिवाकोटीले बेजोड नृत्य/अभिनय गरेका छन्। यसै साता सार्वजनिक भएको सो गीतको अफिसिएल म्यूजिक भिडीयोलाई एट के एभरेष्ट मोशन पिक्चर्सले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।