काठमाडौं- नायिका सुरक्षा पन्त र रोचक जोशीको अभिनयमा माया गर्ने मान्छेको म्युजिक भिडियो सार्वजनिक भएको छ। कामको ब्यस्तताले श्रीमान श्रीमतीमा आएको मिसअन्डरस्ट्याण्डिङलाई म्युजिक भिडियोमा देखाइएको छ।
श्रीमान श्रीमती दुबै काममा ब्यस्त हुँदा र एक अर्काले समय दिन नसक्दा सम्बन्धमा कस्ताखाले चिसोपना आउँछ भन्ने कुरालाई भिडियोमा देखाउन खोजिएको छ।
भिडियोमा नविन निरौलाले ग्राफिक्सको काम गरेका छन् भने, विशाल प्रजापति माइलोले छायांकनको काम गरेका छन्।
कृशन भण्डारीले सम्पादन तथा रंगरोहनको काम गरेका छन् भने भिडियो सह निर्देशन सौगात धितालले गरेका छन्। म्युजिक भिडियोमा सुरक्षा पन्त र रोचक जोशीसँगै अन्य कलाकारको पनि अभिनय रहेको छ।
माया गर्ने मान्छे बोलको गीतमा आवाज भने गायक स्वरुप राज आचर्य र गायिका अस्मिता परियारको रहेको छ। गीतमा शब्द लेख्ने काम गौतम ढंगोल सन्तोषले गरेका छन् भने संगितबद्ध गर्ने काम अनिल शाहीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।