इलाम- इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले तारा एयरलाइन्सले आज सफल परीक्षण उडान गरेको जानकारी दिए।
नयाँ विमानस्थलमा बिहान ११:४५ बजे विमान अवतरण गरेको हो।
७ सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइको धावन मार्ग रु एक करोड १५ लाखमा निर्माण गरिएको हो। धावनमार्ग र टर्मिनल भवनको निर्माण कार्य अब अघि बढ्ने विमानस्थलका आयोजना प्रमुख पुष्प न्यौपानेले बताए।
धावनमार्ग कालोपत्र गर्ने प्रक्रिया छिट्टै अगाडि बढाउने तयारी छ। ३ सय २५ रोपनी क्षेत्रमा फैलिएको विमानस्थल निर्माणका लागि स्थानीय निकाय र 8सेवीको पहलमा जग्गा अधिग्रहण कार्य भएको थियो। यो विमानस्थल निर्माण भएपश्चात् इलाम आसपासका सुदूर पूर्वी पहाडी भेगका स्थानीयलाई सहज हुनेछ।
भिडियो : सुदीप श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।