काठमाडौं- साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा ५ दशमलव ११ अंकले गिरावट आएर १२ सय ६८ दशमलव ८४ को बिन्दुमा आएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट अएको छ। आज १५७ कम्पनीको ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि आइतबारको कारोबारमा ५४ करोड ६६ लाख ६१ हजार ३६७ बराबरको सेयर किनबेच भएको थियो।
सोमबार कारोबारमा आएको अन्य समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ। यो समूहमा २४ दशमलव १५ अंकको वृद्धि भएको छ।
सर्वाधिक गुमाउनेमा बिमा समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। समूहको सेयर मूल्यमा ६५ दशमलव ७५ अंकको गिरावट आएको छ। त्यस्तै लघुवित्त समूह ३१ दशमलव १३ अंकले घटेको छ।
मेगा बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको ३ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नेपाल बैंकको २ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
सोमबार सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। कम्पनीको सेयर मूल्य ७ दशमलव २१ प्रतिशत अर्थात् ७ रुपैयाँले बढेको छ। त्यस्तै नेपाल दुरसञ्चार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँले बढेको छ भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक प्रतिकित्ता ९० रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।