काठमाडौं- बलिउडका चर्चित संगीतकार अनु मलिकमाथि पुन संगीत चोरीको आरोप लागेको छ। उनीमाथि यसअघि पनि विभिन्न समयमा संगीत चोरी गरेको आरोप लागेको थियो।
पछिल्लो पटक म्युजिक चोरी गरेको भन्दै सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्। उनले कम्पोज गरेको एक गीतको संगीत इजरायलको राष्ट्रिय गानको संगीतसँग मिलेको भन्दै उनी ट्रोल भइरहेका हुन्।
एक दिन पहिले टोकियो ओलम्पिक्समा इजरायलका खेलाडी डॉल्गोपायटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रीय गीत 'हातिकवाह' बजाइएको थियो।
यसको म्यूजिक सुन्नासाथ भारतीयहरुले १९९६ मा रिलिज भएको फिल्म 'दिलजले' को गीत 'मेरा मुल्क मेरा देश' स्मरण गरे। यी दुबैको संगीत एक जस्तो छ। यसपछि मानिसहरुले सामाजिक सञ्जालमा अनु मललिकलाई ट्रोल गरिरहेका छन्।
अनु मलिकले आफ्नो करिअरमा एकसय एक सुपरहिट गीतहरु दिएका छन् तर चोरीको आरोप भने पहिलो पटक लागेको होइन।
म्यूजिक चोरीका अलावा उनीमाथि नेहा भसीन, श्वेता पंडित र सोना महापात्रा जस्ता गायिकाले सेक्शुअल ह्यारेसमेन्टको पनि आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।