काठमाडौं- नयाँ तीज गीत 'बिच्च बिच्चमा ४ ख्यास्स पुलती' बनाएर बिबादमा मुछिएका गायक दुर्गेश थापाले 'बहिस्कार' नामको गीत बनाउने भएका छन्।
सामाजिक सञ्जाल फेशबुकमा थापाले लोक दोहोरी प्रतिष्ठानको बहिष्कारले आफूमा झनै आत्मबल बढेको उल्लेख गर्दै 'बहिस्कार' गीतको घोषणा गरेका हुन्।
उनले अरु गायकले गाएका छाडा र अश्लील गीतमाथि कारबाही नगर्ने तर आफ्नो गीतमाथि भने आँखा लाउने भन्दै दुखेसो पोखेका छन्। नियोजित ढंगले जबरजस्ती आफ्ना गीतका शब्दलाई अश्लिल परिभाषित गरेको भन्दै उनले आफैंले शब्दकोश निर्माण गरेको आरोप पनि लगाएका छन्।
बद्री पंगेनीको ससुरालीमा, प्रजापति पराजुलीको लाल साडी मे, कोमल वलीको पोइला जान पाम, कुमार बस्नेतको 'आमा भन्दा छोरी तरुनी' जस्ता गीत विरोधाभाषपूर्ण रहेको उनले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।