काठमाडौं- एनएमबी बैंकको थप सार्वजनिक निष्काशन (एफपिओ) जेठ ३० गतेबाट निष्काशन गर्ने भएको छ।
बैंकले ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ बराबरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँ (फेस भ्यालु) मा २ सय ३३ रुपैयाँ ‘प्रिमियम’ थप गरी ३ सय ३३ रुपैयाँका दरले निष्काशन गर्न लागेको हो।
यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ। बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्काशन गर्न लागेको हो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। उक्त परिणाममा एफपिओ जारीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।